काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । योसँगै काठमाण्डूले प्रतियोगितामा पहिलो जित निकालेको छ ।
यसअघि टोलीले जनकपुरसँग खेल्दा आठ विकेटको पराजय भोगेको थियो ।
सोमबार काठमाण्डूले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १८१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेठट गुमाएर पूरा गर्यो ।

