एनपीएल : आज दुई खेल हुँदै, काठमाडौं-कर्णाली र सुदूरपश्चिम-चितवन भिड्दै

उता कर्णाली याक्स भने तेस्रो जित दर्ता गर्ने रणनीतितमा हुनेछ । यसअघि कर्णालीले दुवै खेल जितेको छ। उसले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको हो।

एनपीएल : आज दुई खेल हुँदै, काठमाडौं-कर्णाली र सुदूरपश्चिम-चितवन भिड्दै

काठमाडौं । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्दै छन्।

पहिलो खेल दिउँसो साढे १२ सुरु हुनेछ। यसपछि साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित काठमाडौँ आज पहिलो जित हासिल गर्ने दाउमा हुनेछ।

उता कर्णाली याक्स भने तेस्रो जित दर्ता गर्ने रणनीतितमा हुनेछ । यसअघि कर्णालीले दुवै खेल जितेको छ। उसले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको हो।