काठमाडौं । कपिलवस्तुमा २ राउन्ड हवाइ फायर गरी प्रहरीले लागुऔषध कारोबारी नियन्त्रणमा लिएको छ।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कपिलवस्तुको बाणगंगा नगरपालिका ३ राजापानीबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा ११ ठेगाना भएका वर्ष ३४ को सलाउदिन मुसलमान र सोही नगरपालिका वडा नं. १२ ठेगाना भएका वर्ष २८ को उमेश थारु रहेका छन्।
भारतबाट लागुऔषध भित्र्याई लागुऔषध कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोको शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले ति व्यक्तिहरूलाई शंका लागि चेकजाँच गरेको थियो।
त्यसक्रममा प्रहरीमाथि प्रतिकार गर्न लागेकोले चेतावनी स्वरुप २ राउन्ड हवाइ फायर गर्नुपरेको ब्यूरोको दाबी छ।
उनीहरूको साथमा रहेको लागुऔषध खैरो हेरोइन २८.८२० ग्राम, भारतीय नम्बर प्लेटको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ व्यक्तिहरुलाई आवश्यक अनुसन्धान कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तु बुझाइएको छ।

