एकैदिन ८ हजारले घट्यो सुनको मूल्य

त्यस्तै, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एकैदिन ८ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार (कात्तिक १५) एकैदिन सुन तोलामा आठ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलामा दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।