प्रहरीले नियन्त्रणमा लिइएका पत्रकार छाड्न प्रधानमन्त्रीको निर्देशन

पक्राउ पर्नेमा नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत, मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराल थिए ।

प्रहरीले नियन्त्रणमा लिइएका पत्रकार छाड्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पक्राउ परेका पत्रकार तत्काल रिहा गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरुलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेका छन् ।

यसअघि प्रहरीले नेपाल प्रेससहित विभिन्न सञ्चारमाध्यमका तीन पत्रकारलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत, मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराल थिए ।