सञ्चार गृहमा पुग्यो प्रहरी, पक्राउ पुर्जी बिनै पत्रकार प्रहरी नियन्त्रणमा

सादा पोसाकका प्रहरीले माथिको आदेश भन्दै मैनालीलाई उपलब्ध गराउन भनिरहेको छन्। तर, पक्राउ पुर्जी भने नल्याएको प्रहरीले बताएको पन्तले जानकारी दिए।

सञ्चार गृहमा पुग्यो प्रहरी, पक्राउ पुर्जी बिनै पत्रकार प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ।

सुवेदीलाई मीनभवनस्थित नेपालप्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ पुर्जी भने नदिइएको नेपालप्रेसका सम्पादक चिरञ्जिवी पौडेलले बताए।

त्यसगरी, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ। त्यहाँ पुगेका सादा पोसाकका प्रहरीले पत्रकार नवराज मैनालीलाई खोजीरहेको छ।

नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तले कार्यालयमा महानगरीय अपराध महाशाखाबाट आएको बताउँदै सादा पोसाकका चार पाँच जना प्रहरी आएको र उनीहरुले पत्रकार नवराज मैनालीलाई खोजिरहेको बताए।

सादा पोसाकका प्रहरीले माथिको आदेश भन्दै मैनालीलाई उपलब्ध गराउन भनिरहेको छन्। तर, पक्राउ पुर्जी भने नल्याएको प्रहरीले बताएको पन्तले जानकारी दिए।

प्रहरीको साइबर ब्यूरोले नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई पनि फोन गरेर बोलाएको पौडेलले जानकारी दिए।

यस्तै दियो पोस्ट अनलाइनको कार्यालयमा प्रहरी पुगेको छ। अनामनगरस्थित अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको एक पत्रकारले जानकारी दिए।