काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका सम्पूर्ण (न्यायाधीश–फूलकोर्ट) बैठक बोलाएका छन्। शुक्रबार बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल गर्न भनिएको छ।
हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग नाम जोडिएका सूचना बाहिर आएपछि बिहीबार विज्ञप्तिमार्फत आपत्ति जनाएका थिए। उनले सापकोटासँग आफ्नो कनेक्सनबारे अस्वीकार गरेका छन्।
सर्वोच्च अदालतकै दुई न्यायाधीश हरि फुयाल र श्रीकान्त पौडेलको पनि सापकोटासँग कुराकानी भएका म्यासेज बाहिरिएका छन्। दुई न्यायाधीशले पनि छुट्टा छुट्टै विज्ञप्तिमार्फत त्यस्ता आरोपलाई अस्वीकार गरेका छन्।
नेपाल बारले भने न्यायाधीशमाथी निस्पक्ष अनुसन्धानको माग गरेको छ। यस्तो अवस्थामा प्रधानन्यायाधीशले फुलकोर्ट बैठक बोलाएका हुन्।

