काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।
बिहीबार हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन् ।
जनकपुर र काठमाडौंबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाडौंले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो ।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । साँझ ५ बजे सुरु हुने उक्त खेलमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ । विराटनगर आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो ।
दुई खेलमा पहिलो खेल जितेको कर्णाली आफ्नो लय कायम राख्ने लक्ष्यमा हुनेछ भने जनकपुर र विराटनगर जित निकाल्दै प्रतियोगितामा फर्कन चाहन्छन् । काठमाडौं पनि प्रतियोगिताको सुरुवात जितबाट गर्ने लक्ष्य हुनेछ ।

