काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह आज हुँदै छ ।
निर्वाचन समितिका अनुसार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समितिको उपस्थितिमा सभापति गगन थापाले पदाधिकारी र सदस्यहरूलाई शपथ खुवाउने छन् ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार असोज अन्तिम साता सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार आयोजना गर्न लागिएको हो ।
गत १८ देखि २३ असोजसम्म भएको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो ।
विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । ६६ जना भने सभापतिले मनोनीत गर्ने व्यवस्था छ । सभापति थापाले भने ३१ असोजमा पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

