काठमाडाैँ । यूएईमा जारी यू १९ विश्वकपको एशिया छनोट अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ४६.३ ओभरमा १२० रनमै अलआउट गरेको छ। हङकङका लागि पर्थ भागवतले ३६, मोहम्मद अलियान जहिरले २९ र आहान त्रिवेदीले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका तर्फबाट सात वटै बलरले कसिलो बलिङ गरे। नेपालका लागि हेमन्त धामीले तीन, आकाश चन्द र सुवास भण्डारीले दुई–दुई तथा दीपेश कँडेलले एक विकेट लिए।
केही बेरमा नेपालले ब्याटिङ गर्नेछ।
एशिया छनोट अन्तर्गत नेपालले फागुन १२ गते भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले र फागुन १३ गते भएको खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो।
नेपालको कसिलो बलिङ,हङकङ १२० रनमै अलआउट
यूएईमा जारी यू १९ विश्वकपको एशिया छनोट अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ४६.३ ओभरमा १२० रनमै अलआउट गरेको छ।

