टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो

“चरा ठोक्किए पनि कुनै पनि क्षति भएको छैन । अवस्था सामान्य छ,” विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार शिलवालले भने ।

टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो

काठमाडौं । टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा चरा ठोक्किएको छ । स्तानबुलबाट आएको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो ।

“चरा ठोक्किए पनि कुनै पनि क्षति भएको छैन । अवस्था सामान्य छ,” विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार शिलवालले भने ।

विमानमा चरा ठोक्किएपछि अहिले विमानस्थलमा उडान तथा अवतरण बन्द गरिएको छ । “अहिले बन्द भए पनि केही मिनेटमै विमानस्थल सुचारु हुनेछ,” एसपी शिलवालले भने ।