एमाले सचिवालय बैठक जारी

नेकपा एमाले सचिवालय बैठक सुरु भएको छ ।

एमाले सचिवालय बैठक जारी
काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक केही समय अगाडि सुरु भएको हो । बैठकले राष्ट्रपति चुनाव र वर्तमान सरकारबारे निर्णय लिनेछ । बैठकअघि महासचिब शंकर पोखरेलले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्रीले रोकेको विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको जानकारी दिएका थिए । मन्त्री पौड्याल एमाले नेतृ हुन् । राष्ट्रपति चुनावलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको गठबन्धन त्यागेर नयाँ आठदलीय गठबन्धन बनाएका छन् । तर, पनि एमालेले भने आफ्ना मन्त्री फिर्ता पनि बोलाएको छैन, समर्थन पनि कायम राखेको छ । उसले यस्तो समर्थनबारे थप निर्णय राष्ट्रपतिको चुनावपछि हुने बताएको छ । २५ फागुनमा हुने चुनावका लागि एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् भने आठ दलको समर्थनमा कांग्रेसबाट रामचन्द्र पौडेल चुनावी मैदानमा छन् ।