काठमाडौं । नेकपा (संयुक्त)का नेता एवं पूर्वसांसद डा. विजय पौडेलको निधन भएको छ।
सोमबार अपराह्न कीर्तिपुर अस्पतालमा उनको निधन भएको हो। सोमबार अपराह्न उनलाई कीर्तिपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीले जानकारी दिए।
डा. पौडेल नेकपा (एमाले) मा लामो समय सक्रिय रहेका थिए। एमालेबाट माधवकुमार नेपालसहितका नेता अलग भएर नेकपा ण्एकीकृत समाजवादी) बनाउँदा उनी पनि त्यतै लागेका थिए।
त्यसपछि एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्दा उनी घनश्याम भुसालसँगै नेकपा (संयुक्त) मा गएका थिए। पछिल्लो समय उनी संयुक्तमै क्रियाशिल थिए। पूर्वसांसद पौडेल जनता टेलिभिजनका सञ्चालक पनि हुन्।

