कांग्रेस केन्द्रीय सदस्य उमेदवार खड्कालाई थुनामुक्त गर्न आदेश

खड्कालाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार (असोज २६) उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य उमेदवार खड्कालाई थुनामुक्त गर्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले केयर गिभरमा इजरायल पठाउने नाममा ठगी भएको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्यकी उमेदवार विनिता खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

खड्कालाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार (असोज २६) उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

सीआईबीले केयर गिभर ठगी प्रकरणमा खड्कासहित पाँचजनालाई पक्राउ गरेको थियो । सीआईबीबाट पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पनि रहेका छन् ।

पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्कालाई पोल गरेको अवस्था नदेखिएको र पीडितहरूको जाहेरीमा पनि खड्काले रकम लिइ खाएको अवस्था देखिने कुनै पनि तथ्य उल्लेख नभएको भन्ने आधारमा थुनामुक्त गर्न आदेश दिइएको हो । अब खड्कामाथि थुनाबाहिर राखेर अनुसन्धान हुनेछ ।