काठमाडौँ । नाबालिका बलात्कारको मुद्दामा एक वर्षदेखि तनहुँ कारागारबाट छुटेका छन् । आइतबार उच्च अदालत पोखराले उनलाई सफाई दिएपछि आज सोमबार आवश्यक प्रक्रिया मिलाएर कारागारबाट रिहा भएका हुनु ।
आइतबारै रिहा हुनुपर्नेमा प्रक्रिया मिलाउन समय अपुग भएकाले कारागार कार्यालयले उनलाई आज रिहा गरेको हो । उनी रिहा हुन लागेको खबर थाहा पाएर शुभेच्छुक तथा प्रशंसकहरुको तनहुँ कारागार परिसरमा भीड लागेको थियो । अभिनेता समेर रहेका शाह रिहालगत्तै काठमाडौँ आउने बताइएको छ ।
गत सालको फागुन ११ गते एक १७ वर्षे नाबालिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै शाहविरुद्ध उजुरी दिएकी थिइन् ।
साथै ती बालिकाले सोही फागुन १५ गते नवलपुर प्रहरीमा समेत उजुरी दिएकी थिइन् । शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत तनहुँले यसअघि नै उनलाई सफाइ दिइसकेको भएपनि उच्च अदालत पोखरामा समेत मुद्दा विचाराधीन रहेकाले शाह कारागारमै बन्दी जीवन बिताइरहेका थिए । आइतबारको फैसलाबाट उनले पूर्ण सफाई पाएका छन् ।
बलात्कार मुद्दामा सफाइ पाएपछि पल शाह छुटे काराकारबाट
नाबालिका बलात्कारको मुद्दामा एक वर्षदेखि तनहुँ कारागारबाट छुटेका छन् ।

