सन्देश ढकाल ‘शिक्षा तथा खेलकुद सद्भावना सम्मान–२०८३’ बाट सम्मानित

कार्यक्रममा नेपाल परम्परागत खेलकुद संघका महासचिव जनक राज गौतम, अध्यक्ष निकेश ओझा तथा काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगञ्जका अध्यक्ष प्रेम थापा लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

सन्देश ढकाल ‘शिक्षा तथा खेलकुद सद्भावना सम्मान–२०८३’ बाट सम्मानित

काठमाडौं । नेपाल परम्परागत खेलकुद संघद्वारा आयोजित ‘परम्परागत खेलकुद संरक्षण तथा सांस्कृतिक कार्यक्रम–२०८३’ को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुहुने सन्देश ढकाललाई ‘शिक्षा तथा खेलकुद सद्भावना सम्मान–२०८३’ प्रदान गरिएको छ।

काठमाडौंको बसुन्धारास्थित आयोजित कार्यक्रममा शिक्षा क्षेत्रप्रतिको सद्भाव, रुचि र सकारात्मक सोचको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल परम्परागत खेलकुद संघका महासचिव जनक राज गौतम, अध्यक्ष निकेश ओझा तथा काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगञ्जका अध्यक्ष प्रेम थापा लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग रहेको कार्यक्रममा खेल प्रदर्शनी, सांस्कृति कार्यक्रमसहित अन्य कार्यक्रम भएका थिए ।