बुढीगण्डकीमा ठूलो बाढी: प्राधिकरणले पठायो एसएमएस अलर्ट

'हामीले एसएमएस अलर्ट पाठाइसकेका छौँ,' उप्रेतीले भने । बाढी कसरी र कहाँबाट सुरु भयो भन्ने बारे यकिन विवरण प्राप्त भइनसकेको उनले बताए ।

बुढीगण्डकीमा ठूलो बाढी: प्राधिकरणले पठायो एसएमएस अलर्ट

काठमाडौं । आइतबार बिहानै बूढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । बूढीगण्डकी नदीमा आएको बाढी आरुघाटसम्म पुग्न ३ घण्टा लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए ।

उनले तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक भएको बताए । सिर्दीबास, जगत, यारी, तातोपानी, सोती आरुखोलालगायत क्षेत्रमा त्यसले असर गर्ने उनले बताए ।

'हामीले एसएमएस अलर्ट पाठाइसकेका छौँ,' उप्रेतीले भने । बाढी कसरी र कहाँबाट सुरु भयो भन्ने बारे यकिन विवरण प्राप्त भइनसकेको उनले बताए ।

'त्यो हिमालसँग जोडिएको नदी हो । काहीँ पहिरो गएर थुनिएर पनि आएको हुन सक्छ,' उनले भने, 'एकदमै धेरै माथि छ । तल आउन ३/४ घण्टा समय लाग्छ ।'

बाढी आए पनि सो क्षेत्रमा पानी नपरेको उनले बताए । 'पानी नपरेको हुनाले थाहा भएन । नदी थुनिएर भएको..'उप्रेतीले 'हाम्रो स्टेसनसम्म अहिलेसम्म पुगेको छैन । हाम्रो स्टेसन भनेको आरुघाटमा छ ।'

उनले तल्लो तटीय क्षेत्रमा जोगिनका लागि उच्च सतर्कता अपनाउन उनले आग्रह गरे । माथिल्लो भेगमा भने केही क्षति पुर्‍याएको तर, पूरा विवरण भने प्राप्त भइनसकेको उनले बताए ।