काठमाडौं । सिंहदरबार परिसरभित्रको केन्द्रीय क्यान्टीनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेको छ । क्यान्टीनमा विभागले आइतवार आकस्मिक अनुगमन गरेको हो ।
विभागका बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टीनमा म्याद सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ तथा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ ।
साथै, उक्त क्यान्टीन सञ्चालन गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हितविपरीतको कसुर गरेको हुँदा तत्काल ३ लाख जरिबाना गरिएको समेत विभागले जानकारी दिएको छ ।
सिंहदरबार भित्र आकस्मिक अनुगमन, विभागले तिरायो ३ लाख जरिवाना
विभागका बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टीनमा म्याद सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ तथा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ।

