काठमाडौं । बूढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा आज बिहानैदेखि बाढी आएको हो ।
बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार विगत १२ घण्टामा वर्षा भएको देखिएको छैन ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले दिएको जानकारीअनुसार बिहान ३ बजेतिरबाटै बाढी आएको हो ।
“स्यार खोलामा बाढी आएको हो,” उनले भनिन्, “सुक्खा पहिरोका कारण खोला थुनिएको थियो । एक्कासि खोला बढेपछि वडा नम्बर ६ मा बूढीगण्डकी छेउमा भएका घर बगाएको छ । पाँचवटा गाउँ नै बगाएको जानकारीमा आएको छ । थप क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।”

