काठमाडौंको जडीबुटीमा गोली चल्यो, लुटेरा समूहका तीनजना पक्राउ

घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पतालमा लगिएको उनले जानकारी दिए । उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको घिमिरेले बताए ।

काठमाडौंको जडीबुटीमा गोली चल्यो, लुटेरा समूहका तीनजना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न तीन जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको कमान्डमा खटिएको टोलीले विभिन्न समयमा चोरी, डकैती र लुटपाटमा संलग्न फरार तथा मुख्य अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो । कोटेश्वरस्थित जडिबुटी पुलमुनिबाट उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो ।

बिहीबार बिहान उनीहरूलाई नियन्त्रणमा लिने क्रममा उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार भएपछि गोली चलाइएको काठमाडौं एसएसपी घिमिरेले बताए । उनका अनुसार त्यसक्रममा केही प्रहरी पनि घाइते भएका छन् ।

घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पतालमा लगिएको उनले जानकारी दिए । उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको घिमिरेले बताए ।