धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् । दोश्रो पटक काठमाण्डौं गएका मुख्य मन्त्री शाहले विश्वासको मत पाउने सुनिश्चितता भएपछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिनपछि काठमाडौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहति नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने सुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले विश्वासको मत लिन खोजेका हुन् ।
उनले अब फागुन २० गते भित्रै विश्वासको मत लग्ने गरी तयारी थालेका छन, कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वा गर्ने तयारी पनि गरिएको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादी पार्टीका कैलाली संयोजक दीर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठयारो नभएको बताए । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अव कुनै सकस हुनेछैन,अब हामी करिव दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौं, र अब यो सरकार दिगो पनि हुने छ ।
फागुन २० भित्रै विश्वासको मत लिने तयारीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् ।

