कांग्रेस महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

चालिसे हाल कांग्रेसका प्रवक्ता समेत छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुँदैछ ।

कांग्रेस महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन् ।

चालिसेले आज उम्मेदवारी फिर्ता लिएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए । यसअघि मङ्गलबार उनले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

चालिसे हाल कांग्रेसका प्रवक्ता समेत छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुँदैछ ।