उद्योग वाणिज्य महासंघको व्यापार समितिको आमन्त्रित सदस्यमा घिमिरे र खड्का मनोनीत

व्यापार समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवर्द्धन, व्यापार सहजीकरण, व्यापार क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि पहल गर्नेछ ।

उद्योग वाणिज्य महासंघको व्यापार समितिको आमन्त्रित सदस्यमा घिमिरे र खड्का मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको आमन्त्रित सदस्यमा शंकर घिमिरे र प्रदीप खड्का मनोनीत भएका छन् । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले घिमिरे र खड्कालाई उक्त पदमा मनोनीत गरेका हुन् ।

व्यापार समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवर्द्धन, व्यापार सहजीकरण, व्यापार क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि पहल गर्नेछ ।

व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने र व्यापार विस्तारका लागि आवश्यक नीतिगत सुझावहरू तयार पार्ने उद्देश्यका साथ यो समिति गठन गरिएको हो ।

घिमिरेको अनुभव, ज्ञान र सक्रिय सहभागिताले व्यापार क्षेत्रको विकास, व्यवसायीहरूको हित संरक्षण तथा महासंघका पहलहरूलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने महासंघले जनाएको छ।