२२ वर्षीय युवतीको संवेदनशील अंगमा छोएको आरोपमा पिटिएका स्वास्थ्यकर्मी पक्राउ

उनले ४ वर्षअघि आफूलाई पनि ती स्वास्थ्यकर्मीले यसैगरी दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । पिटाइ खाने स्वास्थ्यकर्मीलाई डाक्टर भनिएपनि उनी डाक्टर नभएर सिएमए गरेका व्यक्ति हुन् ।

२२ वर्षीय युवतीको संवेदनशील अंगमा छोएको आरोपमा पिटिएका स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं । बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि आएकी २२ वर्षीय युवतीको संवेदनशील अंगमा छोएको आरोपमा पिटिएका स्वास्थ्यकर्मी (सीएमए) गणेशबहादुर थापा प्रहरी हिरासत पुगेका छन् । उनीमाथि जबरजस्ती करणीको आरोप लगाइएको छ ।

यही असोज १७ गते शनिबार सो पोलिक्लिनिकमा उपचारका लागि आएकी युवती रकम तिरेर सहजरुपमा फर्केकी थिइन् । तर, आधा घन्टापछि अभिभावक र केही मिडियाकर्मी साथ लिएर उनी त्यहाँ फर्किइन् । युवतीसँगै गएकी एक महिलाले स्वास्थ्यकर्मीले बिरामीको गोप्य अंगमा छोएको भन्दै झापड हानेको भिडिओ सार्वजनिक भएको छ ।

झापड हान्ने महिला पीडित भनिएकी युवतीको रोजगारदाता हुन् । उनले ४ वर्षअघि आफूलाई पनि ती स्वास्थ्यकर्मीले यसैगरी दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । पिटाइ खाने स्वास्थ्यकर्मीलाई डाक्टर भनिएपनि उनी डाक्टर नभएर सिएमए गरेका व्यक्ति हुन् ।

पेट दुःखेर र सेतोपानी बगेर उपचारका लागि पुगेकी युवतीलाई डाक्टरले जबर्जस्ती सुरुवाल खोलेर गोप्य अङ्गमा हात लगाएको दाबी गरिएको छ । स्थानीय निर्मल आचार्यका अनुसार सो पोलिक्लिनिकमा अन्य डाक्टरहरू पनि आउने बोर्ड राखिएको र उनीहरूले पनि जाँच्ने गरेको देखिए पनि शनिबार भने सञ्चालक थापा मात्र अन्य स्टाफसँग थिए ।