कांग्रेसको दुवै महाधिवेशनमा सहभागी नहुने शेखर पक्षको निर्णय

कांग्रेसमा संस्थापन समूह र पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टाछुट्टै १५औँ महाधिवेशनको तयारी गरिरहेका छन् । संस्थापन समूहको पालिका र क्षेत्रीय अधिवेशन जारी छ भने देउवा समूहले १५ असोजदेखि वडा अधिवेशन गर्दै छ ।

कांग्रेसको दुवै महाधिवेशनमा सहभागी नहुने शेखर पक्षको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्ष पार्टीका दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने भएको छ ।

कांग्रेसमा संस्थापन समूह र पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टाछुट्टै १५औँ महाधिवेशनको तयारी गरिरहेका छन् । संस्थापन समूहको पालिका र क्षेत्रीय अधिवेशन जारी छ भने देउवा समूहले १५ असोजदेखि वडा अधिवेशन गर्दै छ ।

‘पार्टी एकताका लागि हामी पहल गरिरहेका छौँ । त्यो कुरा अब टुंगियो । दुईवटा अधिवेशन हुने भए । पार्टी नमिली अर्को विकल्प छैन । पार्टी मिल्नुपर्छ । हिजो पनि पार्टी फुटेर फेरि मिलेको हो । अब अहिले नै हामी दुवैतिर भाग नलिने निर्णय गरेका छौँ,’ कांग्रेस नेता बलबहादुर केसीले भने ।

शेखर समूहले कार्यकर्तालाई स्वविवेक प्रयोग गर्न भनेको छ । कोइराला, केसीसहित बद्री पाण्डे, सञ्जय गौतम, सरिता प्रसाईँलगायतका नेताहरू सो समूहमा छन् ।