बागलुङ । निसीखोला गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले सोमबार मगर दिवस परेकाले गाउँपालिकाभित्रका सबै विद्यालय तथा सरकारी कार्यालय बन्द हुने जानकारी दिए ।
‘सोमबार मगर दिवस भएकाले निसीखोला गाउँपालिकाका सरकारी कार्यालय, शैक्षिक संघसंस्थामा बिदा दिने निर्णय गरेका छौं,’ उनले भने ।



