मनाङ हिमपहिरोमा थप तीन जनाको शव फेला

यसअघि चार जनाको शव फेला परेको थियो। आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

मनाङ हिमपहिरोमा थप तीन जनाको शव फेला

काठमाडौं । मनाङको नार्फाभूमिमा गएको हिमपहिरोमा हराएका आरोहीमध्ये थप तीन जनाको शव फेला परेको छ।

असोज ११ गते बिहान हिम्लुङ हिमालमा हिमपहिरो जाँदा १६ जना हराएका थिए। आरोहमा गएका ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।

हिमपहिरोमा हराएका आरोहीमध्ये बुधबार थप तीन जनाको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघले जनाएको छ। संघका अनुसार, बधुबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको हो।

यसअघि चार जनाको शव फेला परेको थियो। आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

अझै नौ जना आरोही र सहयोगी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको संघले जनाएको छ। नार्फाभूमि गाउँपालिका-५ स्थित करिब पाँच हजार दुई सय मिटर उचाइमा हिमपहिरो गएको थियो।