काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए ।
पहिरो मन्जु कुमारी राईको घर ढलेको छ । धापाखेलस्थित प्रगति टोलमा रहेको राईको साढे ३ तलाको घर पहिरोमा परेको हो । सोमबार बिहान ५ः४० बजे पहिरोमा परी घर ढलेको उनले जानकारी दिए ।

