बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक जना बेपत्ता

अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो ।

बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक जना बेपत्ता

बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिका ५ जनाको मृत्यु भएको छ । यस्तै ताराखोला गाउँपालिकामा पनि पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । यो सँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । यस्तै निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंको भनाइ छ ।

अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो ।

यस्तै पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । सोही पहिरोमा परेर हस्तविर श्रीपालीकी श्रीमती बेपत्ता छन् । यस्तै

हिजो ताराखोला गाउँपालिका ५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको पहिरोमा पुरिएर मुत्यु भएको थियो ।