बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा एकै घरका ४ जनाको मृत्यु, १ घाइते

घटनामा उनकी एक छोरी घाइते भएकी छन्। घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ ।

बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा एकै घरका ४ जनाको मृत्यु, १ घाइते

फाइल तस्बिर

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा गएरातिको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्।

निसीखोला गाउँपालिका वडा नं. ३ स्थित जुग्जाखोला भन्दा माथि हदधारा भन्ने स्थानमा स्थानीय ओमलाल बि.क.को घरमाथिबाट पहिरो खसेको हो। पहिरोमा परी ओमलाल बि.क.की श्रीमती र तीन जना छोराहरूको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा उनकी एक छोरी घाइते भएकी छन्। घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ ।