बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता

गाउँपालिकाको १५ शैय्याको अस्पतालमा पस्यो खोला

बागलुङको निसीखोलामा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ हदधारा भन्ने स्थानमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता भएका छन् ।

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले पहिरोले घर पुरिदा ४ जना बेपत्ता भएको पुष्टि गरे । उनका अनुसार देविस्थान भन्ने स्थानबाट माथि बाटो नभएकाले घटनास्थलमा जान समस्या भइरहेको छ । साथै गाउँपालिकाको १५ शैय्याको अस्पतालमा पनि खोला पसेको छ ।