काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ ।
यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको र त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
हाल कोसी, मधेस र वाग्मती प्रदेशका धेरै, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस तथा कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
बिहीबार राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै मधेस प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । मधेश, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
शुक्रबार दिउँसो कोसी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू/भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
शुक्रबार राति देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकीका एकरदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
शनिबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।

