नेपाली कांग्रेसको महाधिवेशन : बागलुङका १० वटै पालिकामा नयाँ नेतृत्व चयन

साङ्गठनिक अधिवेशनबाट बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, जैमिनी नगरपालिकामा काशीराम आचार्य, ढोरपाटन नगरपालिकामा दीपक अदै र गल्कोट नगरपालिकामा हिमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन : बागलुङका १० वटै पालिकामा नयाँ नेतृत्व चयन

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ जिल्लाका सबै १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमार्फत जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको हो ।

साङ्गठनिक अधिवेशनबाट बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, जैमिनी नगरपालिकामा काशीराम आचार्य, ढोरपाटन नगरपालिकामा दीपक अदै र गल्कोट नगरपालिकामा हिमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

त्यस्तै, काठेखोला गाउँपालिकाको सभापतिमा ज्ञामनाथ कँडेल, बरेङ गाउँपालिकामा मोतिराम गौतम, ताराखोला गाउँपालिकामा भिमरोका मगर, बडिगाड गाउँपालिकामा रणबहादुर भुजेल, निसीखोला गाउँपालिकामा खिमबहादुर कार्की र तमानखोला गाउँपालिकामा झकबहादुर बुढा चयन भएका छन् ।