फेस अफ आइटीसी आइकन–२०२६ बाट पत्रकार राजेश राजभण्डारी सम्मानित

आयोजित कार्यक्रममा सौन्दर्य, व्यक्तित्व विकास तथा प्रतिभा प्रवर्द्धनसँग सम्बन्धित विविध गतिविधि समावेश गरिएको थियो।

फेस अफ आइटीसी आइकन–२०२६ बाट पत्रकार राजेश राजभण्डारी सम्मानित

काठमाडौं । ब्यूटी तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रम ‘फेस अफ आइटीसी आइकन–२०२६’ मा वरिष्ठ पत्रकार राजेश राजभण्डारी सम्मानित भएका छन्।

बी–आइटीसी ब्यूटी पार्लर ट्रेनिङ सेन्टर तथा न्यूलुक ब्यूटी फर लाइफको आयोजनामा काठमाडौंको बानेश्वर हिल्समा सम्पन्न कार्यक्रममा पत्रकार राजभण्डारीलाई महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेकी हुन्।

पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै सत्य–तथ्य र जनसरोकारका विषयमा कलम चलाएर समाज तथा राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको कदरस्वरूप राजभण्डारीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

आयोजित कार्यक्रममा सौन्दर्य, व्यक्तित्व विकास तथा प्रतिभा प्रवर्द्धनसँग सम्बन्धित विविध गतिविधि समावेश गरिएको थियो।

चार दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय राजभण्डारी हाल एभिन्युज खबर टेलिभिजनसँग आबद्ध छन्। उनले मोफसलदेखि राजधानीसम्म पत्रकारिताको क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्।

कार्यक्रममा कलाकार राजेश वर्देवा, बागलुङमा झन्डै दुई दशकदेखि आइटीसी ब्युटिसियन व्यवसाय सञ्चालन गर्दै आएकी चन्द्रकला छन्त्याल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।