प्रधानमन्त्री शाह स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी प्रधानमन्त्री शाह शनिबार स्वदेश फर्किएका हुन्। केहीबेर अघि मात्रै शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह अमेरिकाबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी प्रधानमन्त्री शाह शनिबार स्वदेश फर्किएका हुन्। केहीबेर अघि मात्रै शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए। उनले असोज ९ गते बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए।

​भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी भएका थिए। उनी न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।