बागलुङ । गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका ५ धस्मरमा एक जनाको मृत्यु भएको छ ।
घरमै सुतिरहेको अवस्थामा पहिरोमा पुरिएर ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। पहिरोमा पुरिएको शव निकालिएको छ । इलाका प्रहरी कार्यालय ताराखोलाको टोली घटनास्थलमा पुगेको छ ।
साथै निसीखोला गाउँपालिका वडा नम्बर २ उपल्लो बेङ्गीमा पनि १२ वटा पशुचौपाय पहिरामो पुरिएका छन् ।

