काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी नेपालको मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश रहेको बताएका छन् । 'राष्ट्रसंघको ८१ औं महासभामा उनले सोधे,' भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?'
उनले प्रारम्भमै भोटेकोसीको मुद्दा उठाएका छन् । 'म चाहान्थे विकास र लोकतन्त्रको कुरा गरौँ । तर म यहाँ विपद्को कुरा उठान गर्न चाहन्छु,' उनले भने ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्ति उद्धृत गर्दै उनले विज्ञान जगतले समयदेखि यस्तो संकटको चेतावनी दिएको बताए ।

