काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले छुट्टै महाधिवेशनका लागि ५५ जिल्लामा संयोजक तोकेको छ।
देउवा पक्षले अगाडि बढाएको १५औँ महाधिवेशन तयारी समितिका आयोजक पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जिल्लाका संयोजक तोकेका हुन्।
आगामी मंसिर २१ देखि २३ गतेमा हुने महाधिवेशनको तयारीका लागि जिल्ला संयोजक तोकिएको कांग्रेस नेता एनपी साउदले जानकारी दिए। १४औँ महाधिवेशनबाट निर्वाचित अधिकांश जिल्ला सभापति संस्थापन पक्षमा उभिएपछि देउवा पक्षले समानान्तर अधिवेशनका लागि संयोजक तोकेको देखिन्छ।
देउवा समूहले मधेस प्रदेशमा भने कुनै जिल्लामा पनि संयोजक तोकेको छैन।






