सीको स्वागतमा ट्रम्प आफैँ विमानस्थल पुगे

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सी र उनकी श्रीमती पेङ लियुआनलाई स्वागत गर्न संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमा पुगे।

सीको स्वागतमा ट्रम्प आफैँ विमानस्थल पुगे

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङलाई एन्ड्रयुजको संयुक्त बेसमा विशेष स्वागत गरेका छन्। चिनियाँ राष्ट्रपति अमेरिकाको तीन दिने भ्रमणका लागि वासिङटन पुगेका हुन्।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सी र उनकी श्रीमती पेङ लियुआनलाई स्वागत गर्न संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमा पुगे।

सीका लनगि रातो कार्पेट ओछ्याइएको थियो। १९६२ पछि यसरी कुनै अमेरिकी राष्ट्रपतिले यस एयर बेसमा विदेशी नेतालाई व्यक्तिगत रूपमा स्वागत गरेको यो पहिलोपटक हो।

बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार यो भव्य स्वागतले ट्रम्पको भ्रमणको महत्त्वलाई झल्काउँछ।