६ बजे जेनेभा जान लागेकी परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीले राेकिदिए

दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि उनको भ्रमण रोकिएको हो । आफूलाई अपमानित गर्ने गरी फोन आएपछि विमानस्थल नगएको पौड्यालले बताइन् ।

६ बजे जेनेभा जान लागेकी परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीले राेकिदिए
काठमाडौं । परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम समयमा रोकिदिएका छन्। मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा उनी जेनेभाका लागि जाने तयारी थियो । दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि उनको भ्रमण रोकिएको हो । आफूलाई अपमानित गर्ने गरी फोन आएपछि विमानस्थल नगएको पौड्यालले बताइन् । यसअघि बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिएकी थिइन् । आफ्नो भ्रमण अन्तिम समयमा किन रोकिएको भन्नेबारे आफूलाई कुनै जानकारी नदिइएको पौड्यालले बताइन् । परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेकी थिइन् ।