काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका गएपछि मंगलबारदेखि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका वाग्लेले बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।
भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

