देशभर बदली : यी प्रदेशमा भारी वर्षा हुने

मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

देशभर बदली : यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ ।

राति कोशी प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेशका पहाडी र तराई भू–भाग एवं गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ ।