काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी भएको छ। केहीबेरअघि त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा आगलागी हुँदा एउटा बस जलेर नष्ट भएको छ।
आगलागीको कारण र घटनाको विस्तृत विवरण आउँन बाँकी छ। गएराति काठमाडौँको बालाजुमा पनि एउटा बसमा आगलागी भएको थियो। सो आगलागीमा परेर बसका चालक र सहचालक घाइते भएका छन्।

