एमालेको प्रतिवेदनमा ओलीको राजीनामा र विशेष महाधिवेशन रहँदैन : महेश बस्नेत

ज्ञवालीले नेतृत्व हस्तान्तरण र रूपान्तरण बहस गर्न सकिने भए पनि अध्यक्षको राजीनामाको विषय थप छलफलको विषय रहेको कुरा उल्लेख गर्दै प्रतिवेदन तयार गरेका थिए ।

एमालेको प्रतिवेदनमा ओलीको राजीनामा र विशेष महाधिवेशन रहँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय नरहने बताएका छन् ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशन र अध्यक्ष ओलीको राजीनामाको विषय प्रतिवेदनमा नरहने बताएका हुन् । 'तीन नेताले जिम्मा पाएअनुसारको प्रतिवेद बनेको छ । त्यही प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छु' उनले भने ।

एमाले कार्यदलकोतर्फबाट उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले प्रतिवेदन बनाएका थिए । महासचिव पोखरेलको प्रतिवेदनमा ओलीले राजीनामा दिनुपर्ने उल्लेख थियो । दुवै प्रतिवेदनमा कुरा नमिलेपछि ओलीले प्रतिवेदन पुनर्लेखनको जिम्मा नेता प्रदीप ज्ञवालीलाई दिइएको थियो ।

ज्ञवालीले नेतृत्व हस्तान्तरण र रूपान्तरण बहस गर्न सकिने भए पनि अध्यक्षको राजीनामाको विषय थप छलफलको विषय रहेको कुरा उल्लेख गर्दै प्रतिवेदन तयार गरेका थिए ।