राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बसुन्धरामा बस्ने भएको हो । आजको बैठकमा पछिल्लो समयमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने जनाइएको छ । रास्वपासहितको सात दलिय गठबन्धन भत्किएर नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बनेको छ । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको रास्वपाले समर्थन भने फिर्ता लिएको छैन् । नागरिकता विवादमा रवि लामिछाने मुछिएसँगै सरकारबाट बाहिरिएका थिए । रास्वपाले राष्ट्रपतिका दुई उम्मेदवारलाई नै समर्थन गरेको औपचारिक घोषणा गरेको छैन् ।