एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम रोयल्स खेल्ने

यसैगरी, कात्तिक १० गते विराटनगर किङ्गस र चितवन राइनोज तथा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम रोयल्स खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार पहिलो खेलमा कात्तिक ९ गते ​साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच भिड्नेछन् ।

यसैगरी, कात्तिक १० गते विराटनगर किङ्गस र चितवन राइनोज तथा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

तालिका अनुसार लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म हुनेछन् । यसैगरी, मंसिर एक गते पहिलो क्वालिफायर, २ गते इलिमिनेटर तथा ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ भने फाइनल खेल मंसिर ५ गते हुनेछ ।