आज मन्त्रिपरिषद् बैठक : यी हुन् छलफलका एजेण्डा

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज गते दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकले राजनीतिक कोटाअन्तर्गत १३ जनाको नाम विभिन्न देशको राजदूतमा सिफारिस गर्नेछ ।

आज मन्त्रिपरिषद् बैठक : यी हुन् छलफलका एजेण्डा

काठमाडौं । मन्त्रिपरिषद् बैठकले १३ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने भएको छ । आज बस्ने बैठकले नेपाली राजदूत सिफारिस गर्ने भएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज गते दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकले राजनीतिक कोटाअन्तर्गत १३ जनाको नाम विभिन्न देशको राजदूतमा सिफारिस गर्नेछ ।

स्रोतका अनुसार अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, इजरायल, दक्षिण कोरिया, अष्ट्रियालगायत १३ देशको लागि आज बस्ने मन्त्रिपरिषद्को बैठकले विभिन्न व्यक्तिको नाम राजदूतमा सिफारिस गर्नेछ ।

“दोस्रो चरणमा करियर डिप्लोम्याट (परराष्ट्र मन्त्रालयका सहसचिव)को नाम राजदूतमा सिफारिस गर्ने तय भएको छ,” स्रोतले भन्यो । परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते एक सूचना प्रकाशित गर्दै रिक्त १३ देशका राजदूतको लागि आवेदन मागेको थियो ।

परराष्ट्रले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाको लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो ।

परराष्ट्रले आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गते बेलुकी ५ बजे तोकेको थियो । सो अवधिमा दुई हजार ७०० जनाको झन्डै चार हजार आवेदन परेका थिए ।