२४ वर्षीय युवकमाथि खुकुरी प्रहार गरी भाग्ने तीन जना कीर्तिपुरबाट पक्राउ

गत भदौ २९ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ घर भई हाल हनुमानघाट बस्दै आएका २४ वर्षीय महेश भट्टमाथि खुकुरी प्रहार भएको थियो ।

२४ वर्षीय युवकमाथि खुकुरी प्रहार गरी भाग्ने तीन जना कीर्तिपुरबाट पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपालिका-८ हनुमानघाट स्थित सडकमा खुकुरी प्रहार गरी एक युवालाई घाइते बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत भदौ २९ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ घर भई हाल हनुमानघाट बस्दै आएका २४ वर्षीय महेश भट्टमाथि खुकुरी प्रहार भएको थियो । घटनापश्चात् फरार रहेका अभियुक्तहरूलाई प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा कैलाली जानकी गाउँपालिका-८ टिकापुर घर भई हाल कीर्तिपुर नगाउँ बस्ने २२ वर्षीय बादल न्यौपाने, सुर्खेत वीरेन्द्रनगर ३ धारापानी घर भई हाल ढाल्पा बस्ने २१ वर्षीय राजीव शाही र कीर्तिपुर-५ भत्केपाटी बस्ने २२ वर्षीय शिशिर दुलाल रहेका छन्।

प्रहरीले शिशिर दुलालको घरमा खानतलासी गर्दा घटनामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरेको छ। पक्राउ परेका तीनै जनामाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।