किस्पाङ गाउँपालिका अध्यक्षविरुद्ध ठगी र बैंकिङ कसुरका १० मुद्दा

अरुण अर्यालको जाहेरीले तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । पछिल्लोपटक काठमाडौं जिल्ला अदालतबाट प्रहरीले तामाङलाई पक्राउ गर्न अनुमति लिएको थियो ।

किस्पाङ गाउँपालिका अध्यक्षविरुद्ध ठगी र बैंकिङ कसुरका १० मुद्दा

काठमाडौं । हिजो पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले राखेको बैठकमा हिजो तामाङ पनि सहभागी भएका थिए । बैठकलगत्तै उनलाई सिंहदरबारबाटै पक्राउ गरिएको थियो ।

अरुण अर्यालको जाहेरीले तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । पछिल्लोपटक काठमाडौं जिल्ला अदालतबाट प्रहरीले तामाङलाई पक्राउ गर्न अनुमति लिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङको सीआरएस अभिलेख जाँच गर्दा बैंकिङ कसुर र ठगीका १० मुद्दा भेटिएको छ । उनीमाथि सबै मुद्दामा अनुसन्धान अगाडि बढ्ने एसपी दानबहादुर थापाले बताए ।