बाग्लुङ ।चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँनै लाग्दा बागलुङ नगरपालिकाका करिव ९० प्रतिशत विकास योजनाको सम्झौता सकिएको छ ।
आर्थिक वर्ष २०७९–८० मा नगरपालिकाबाट कुल ५ सय ७६ योजना छनौट भएकोमा फाल्गुन पहिलो हप्ता सम्म आइपुग्दा ५ सय १८ वटा योजनाको सम्झौता सकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।नगरपालिकाले यो आर्थिक वर्षमा कुल ६८ करोड ३ लाख ९ हजार ३ सय ११ पुँजीगत बजेट मध्ये ६१ करोड २८ लाख बढिका योजनाको सम्झौता सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए ।
कुल योजना मध्ये १ सय ६५ वटा योजना फरफारक भइ भुक्तानी समेत सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले विकासमा तिब्रता दिने उद्देश्यले घुम्ती शिविर मार्फत योजनाहरुको सम्झौता लगायत पञ्जीकरणका सेवाहरु टोलटोलमै पुर्याएर सेवा दिएको कारण योजनाको सम्झौतामा यो सफलता प्राप्त गर्न सकिएको बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्काले बताए ।
‘हामीले नगरको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,’ उनले भने, ‘नागरिकहरुको दैनिककीमा कसरी सहजता ल्याउन सकिन्छ भन्नेमा नगरपालिकाको सम्पूर्ण टिमको ध्यान केन्द्रित छ ।सम्पन्न भएका योजनाको गुणस्तरीयता एवं दिगोपन र सञ्चालनमा रहेका योजनाहरुलाई निर्धारित समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्नुपर्नेमा प्रभावकारी अनुगमको संयन्त्रलाई सक्रिय बनाइएको छ ।
बागलुङ नगरपालिका जिल्ला कै पुरानो नगरपालिका भएका हिसाबले यसको विकासमा चौतर्फी चासो र चिन्ता छ । त्यसकारण नगरको विकासमा कुनैपनी कसुर बाँकी नराख्ने गरि अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढका छौँ,’ प्रमुख श्रेष्ठले भने, ‘हामीले यो कार्यकालमा बागलुङ नगरको समग्र विकासकालागि प्रदेश र संघ अन्तर्गतका योजना समेत माग गरेका छौँ।’
आफ्नै स्थानका जनप्रतिनिधि सत्तामा आएसँगै विकासमा सकारात्मक परिवर्तन देखिएपनि जनअपेक्षा अनुसारका योजनाको दिगोपनमा विशेष जोड दिनुपर्ने देखिन्छ ।
बागलुङ नगरपालिकाका ९० प्रतिशत योजना सम्झौता
चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँनै लाग्दा बागलुङ नगरपालिकाका करिव ९० प्रतिशत विकास योजनाको सम्झौता सकिएको छ ।

